शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS : भ्रष्टाचार र हत्याकाण्डका अन्य फाइल खोल्ने तयारीमा प्रचण्ड, ओलीले जनाए आपत्ति

दैनिक नेपाल २०८० जेठ १६ गते २३:०१

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला–ठूला हत्याकाण्ड र भ्रष्टाचारका अन्य फाइलहरू पनि खोल्दै जाने बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले २०४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानविन गर्ने र भ्रष्टाचार काण्डका फाइलहरू क्रमश: खोल्दै जाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति कडा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा यो विषयबारे भारतसँग गम्भीर छलफल गरी सच्याउन लगाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको औपचारिक भारत भ्रमण भोलिदेखि हुँदैछ । उनको भ्रमणको पूर्वसन्ध्यामा भारतले त्यस प्रकारको नक्साबारे चर्चा गरेर अनौठो र गम्भीर सङ्केत दिएको हो । एमाले अध्यक्ष ओलीले भने भारतको यो कदम नेपालमाथिको हेपाहा प्रवृत्ति भएको बताएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित