शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS : अन्तत: रेशमले पाए आममाफी, पीडित फेरि पुगे सर्वोच्च अदालत

दैनिक नेपाल २०८० जेठ १४ गते २२:३८

काठमाडौं, १४ जेठ । कैलालीको टीकापुरमा भएको हत्या काण्डका दोषी रेशम चौधरीलाई सरकारले भोलि आममाफीसहित रिहा गर्ने भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारले चौधरीलाई आममाफी प्रदान गरेको हो । उनी तीन वटै तहका अदालतबाट दोषी ठहर भइ जेल चलान भएका थिए ।

तर, राजनीतिक दाउपेचका कारण उनलाई आममाफी दिन सरकार र राष्ट्रपति रामचन्द्र पौडेल तयार भएका हुन् । सरकार र राष्ट्रपतिको यो कदमको चौतर्फी आलोचना सुरू भएको छ ।

यसैबीच पीडितका आफन्त उनको आममाफीविरुद्ध पुन: सर्वोच्च अदालत पुगेका छन् । घटनामा ज्उान गुमाएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा निवेदन दिएकी छिन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित