शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दिनभरका TOP 15 NEWS: आयो प्रधानमन्त्रीको भारत भ्रमणको तालिका, सत्तापक्षले फिर्ता लियो एमालेमाथिको आरोप

दैनिक नेपाल २०८० जेठ १३ गते २०:१६

काठमाडौं, १३ जेठ । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमण तालिका सार्वजनिक गरेको छ ।

जेठ १७ गते भारत भ्रमणमा जान लागेका प्रचण्डको भ्रमण तालिका भारतले सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिकाअनुसार प्रचण्ड १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा प्रचण्डले समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको भ्रमण जाने भ्रमण तालिकामा उल्लेख छ ।

हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित