बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

आजबाट प्रशारणमा आउँदै ‘सक्किगोनि’को तेस्रो सिजन

दैनिक नेपाल २०८० जेठ ११ गते १९:०८

काठमाडौं, ११ जेठ । केही महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ आजदेखि प्रशारणमा आउँदैछ ।

तेस्रो सिजनको रुपमा आउन लागेको ‘सक्किगोनि’ हिमालय टीभीमा बेलुका ८ बजे प्रशारण हुनेछ ।

टेलिभिजनमा प्रसारण सुरु भएको एक घण्टापछि ‘सक्किगोनि’ ईएच डिजिटल युटुब च्यानलमार्फत पनि प्रशारण हुनेछ ।

टेलिसिरियललाई अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित