बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालले कुन्–कुन देशसँग गर्दैछ प्रतिस्पर्धा ?

दैनिक नेपाल २०८० जेठ ९ गते १५:५७

काठमाडौं, ९ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।

आईसीसीले आज मंगलबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टीम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्मअप म्याच पनि खेल्ने भएको छ ।

नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।

प्रतियोगिताम कुल १० टीमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोट खेल अर्को महिनादेखि जिम्बाब्वेमा हुँदैछ ।

छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार २२ सदस्यीय टिमको घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित