
चितवन, ९ जेठ । चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
सोमबार भरतपुर महानगरपालिका-१६ काभ्रेघाट स्थित नारायणी नदी किनारमा नाम थर वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार निलो ट्रयाक र खैरौ टिसर्ट लगाएको पुरुषको शव नदी किनारमा तैरिएको अवस्थामा फेला परेको हो ।
शवलाई जिल्ला अस्पताल भरतपुर ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया