३० कार्तिक २०८३, सोमबार

नीति तथा कार्यक्रमाथि आज पनि छलफल जारी रहने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबारबाट छलफल सुरु भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएको छ । सरकारले देशलाई निर्देश गर्ने नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने एमालेले जनाएको छ ।