बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएपछि…

दैनिक नेपाल २०८० जेठ ६ गते १२:००

काठमाडौं, ६ जेठ । जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएपछि उडान नै स्थगित भएको छ ।

शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न ठिक्क परेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको हो ।

जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए । अब काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर गएर परीक्षण गरेपछि मात्रै जहाज उड्ने छ ।

यात्रुहरूलाई अर्को जहाजबाट काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित