२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : बिग्रेको अर्थतन्त्र सुधार गर्न नीति तथा कार्यक्रमले ध्यानै दिएन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले धेरै कुराहरूमा हात हालेको भए पनि बिग्रिएको वर्तमान अर्थतन्त्र सुधार गर्ने ठोस उपायतिर भने ध्यानै नदिएको देखिएको छ ।

कतिपय राम्रा नीतिहरू सरकारले अवलम्बन गरे पनि तत्कालको आर्थिक समस्या समाधान मुख्य विषय भएकाले त्यसतर्फ सरकारले कुनै ध्यान नदिएको विश्लेषण छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि क्यान्टोनमेनमा भएको आर्थिक हिनामिनाबारे अनुसन्धान गर्ने दबाब दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–