२८ आश्विन २०८३, बुधबार

ओपीडीमा १५ दिनभित्र अनलाइन टिकटको व्यवस्था गर्न निर्देशन (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले अस्पतालहरूले प्रदान गर्ने बहिरङ्ग सेवा (ओपीडी) का लागि १५ दिनभित्रै अनलाइन टिकेटिङको व्यवस्था गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् ।

आज शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री बस्नेतले विभागलाई निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले सबै संघीय अस्पतालहरूमा ओपीडी अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन यसअघि पनि निर्देशन दिइसकेका जानकारी दिए । ‘सबै संघीय अस्पतालहरूमा ओपीडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने र प्रादेशिक अस्पतालहरूमा सोही नियम लागू गर्नका लागि प्रादेशिक स्वास्थ्य हेर्ने मन्त्रालयले अनुरोध गर्न निर्देशन दिइएको छ,’ मन्त्री बस्नेतले भने ।

उनका अनुसार अनलाइन टिकेट व्यवस्था गरिदा अस्पतालहरूमा हुने भिड कम हुनाका साथै अनलाइनको पहुँचमा रहेकाहरूलाई सहज हुने विश्वास लिइएको छ ।

यस्तै, उनले स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न र सबै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएका छन् ।