२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्ने क्रम जारी, एक इन्च भूमि पनि नछोडिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् ।

काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थीत गराईको छ । उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले अदालतमा उपस्थीत गराएको छ ।

पक्राउ परेका दुवैलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-