शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पैसाले भरिएको ट्रक बाटोमै बिग्रिएपछि…

दैनिक नेपाल २०८० जेठ ४ गते ११:२४

काठमाडौं, ४ जेठ । बुधबार भारतको तमिलनाडुमा एउटा ट्रक बाटोमै बिग्रिएपछि असामान्य परिस्थिति ब्यहोर्नु परेको छ ।

अन्य ट्रक बाटोमै रोकिनु सामान्य भएपनि उक्त ट्रक पैसाले भरिएको थियो । जसले गर्दा परिस्थिति असामान्य बनेको हो । उक्त ट्रकमा ५३५ करोड भारु थियो ।

घटनाको जानकारी पाएपछि तुरुन्तै प्रहरी ट्रक बिग्रिएको स्थानमा पुगेर सुरक्षा दिएको थियो । ट्रकमा पैसा छ भन्ने चाल पाएपछि मानिसहरूको थामिनसक्नुको भिड जम्मा भएको थियो ।

प्रहरीले सम्पूर्ण घटनाको छानबिन गरी ट्रकमा रहेका व्यक्तिबाट घटनाबारे जानकारी लिएको थियो। जाँचबुझका क्रममा ट्रकमा भएको पैसा चेन्नईस्थितत रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को पैसा भएको दाबी गरिएको छ ।

बिग्रिएको ट्रकलाई मोनानिक बोलाएर बनाउने प्रयास गरिएपछि नबनेपछि प्रहरीले अर्को गाडीको सहयोगमा सुरक्षासहित बैंकसम्म पुर्‍याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित