शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यी हुन् जापानमा दुर्घटनामा परेर मृत्यु भएका दुईजना नेपाली विद्यार्थी

दैनिक नेपाल २०८० जेठ ३ गते १५:०५

काठमाडौं, ३ जेठ । जापानमा दुर्घटनामा परेर दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रे जिल्ला घर भएका २२ वर्षीय नवराज तामाङ र ओखलढुंगाका २७ वर्षीय युवराज थापा रहेका गैर आवासीय नेपाली संघ जापानले जानकारी दिएको छ ।

अन्य दुई जना नेपाली विद्यार्थी सामान्य घाइते भएका बताइएको छ । बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए।

उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए। दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित