शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ट्रकले बसलाई ठक्कर दिँदा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

दैनिक नेपाल २०८० जेठ ३ गते १४:३७

काठमाडौं, ३ जेठ । जापानमा दुर्घटनामा परेर दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

उनीहरूको परिचय खुल्न सकेको छैन । बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए। उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए।

दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित