२८ आश्विन २०८३, बुधबार

क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मद्यपान नै हो : चिकित्सकहरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरूले बताएका छन् ।

क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको उल्लेख गर्दै उनीहरूले धुम्रपान नियन्त्रण गर्नसके क्यान्सर हुने सम्भावना ८० प्रतिशत घटेर जाने पनि बताएका छन् ।

आज आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको बताए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाइ छ ।

क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने भन्दै उनले थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यस्तै, वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए । उनले क्यान्सरको विरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको जानकारी दिए ।

त्यस्तै, भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको भन्दै सुर्ती सेवनलाई रोक्न सके, नियमित कसरत र जीवनशैलीमा ध्यान पुर्‍याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने बताए ।