३० कार्तिक २०८३, सोमबार

बालकृष्ण खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन (भिडिओ)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नेविसंघले त्रिचन्द्र क्याम्पस क्षेत्रमा खाँड विरुद्ध प्रदर्शन गर्दै खाँणलाई निलम्बन गर्न माग गरेको हो । उनीहरुले खाँडसँगै भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी विरुद्ध प्रदर्शन गरेका थिए ।

खाँडलाई निलम्बन गर्ने विषयमा कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठकमा उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले खाँडलाई निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए । तर देउवाले अहिले आरोप लाग्दैमा निलम्बन गर्न नहुने अदालतको फैसला कुर्ने बताएपछि बैठकले तत्तकाल कुनै कारबाही नगर्ने निर्णय गरेको थियो ।

यता नेकपा (एमाले)ले भने प्रकरणमा संलग्न भएको आरोप लागेर फरार रहेका पूर्वमन्त्री रायमाझीलाई पाटीको सचिवबाट निलम्बन गरिसकेको छ ।