३० कार्तिक २०८३, सोमबार

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, ३१ वैशाख  । हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिबार एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिए । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । सातवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा, कर्णाली प्रदेशसभा सदस्य विजय बुढा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया, ताँजकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापालगायत उपस्थित थिए ।