१ कार्तिक २०८३, आइतबार

टी-२० विश्वकपको एसिया क्षेत्र छनोट खेल नेपालमा हुने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको हो ।

प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्ने छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन् ।