३० कार्तिक २०८३, सोमबार

एमाले स्थायी कमिटी बैठक जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक अन्तर्गत स्थायी कमिटी बैठक बसिरहेको छ ।

गत बिहीबारबाट जारी एमाले केन्द्रीय कमिटी बैठक अन्तर्गत अहिले स्थायी कमिटीको बैठक बसिरहेको छ । त्यसपछि पुनः केन्द्रीय कमिटीको बैठक बस्ने छ ।

May be an image of 8 people and dais

पार्टी कार्यालयमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन र प्रदेशगत रुपमा आएका मिसन ग्रासरुटका प्रतिवेदनमाथि विषयमा छलफल गरी पार्टीको आगामी कार्ययोजनामा समावेश गर्ने तथा पार्टीको कार्यदिशा निर्धारण गर्न बैठक बसेको हो ।

स्थायी कमिटीले राखेको प्रदेशगत कार्ययोजनालाई वार्षीक कार्यायोजनमा समावेश गर्न केन्द्रीय कमिटीमा प्रस्तुत गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र महाशचिव शंकर पोखरेलले छलफल तथा जवाफ दिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा एमालेले संगठनलाई बलियो बनाउने तथा आगामी ०८४ को निर्वाचन लक्षित वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने पनि तय भएको छ ।