
काठमाडौं, २९ वैशाख । आज कोशी ,बागमती र गण्डकी प्रदेशका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ ।
त्यस्तै, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरको छ ।
आज कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित चट्याङ्ग पर्न सक्ने तथा हल्का वर्षाको सम्भावना रहेको छ ।
यो साताको सुरुमा तापक्रम वृद्धि हुने देखिएको छ । साथै, कुनै पनि स्थानमा आज हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।












प्रतिक्रिया