३० कार्तिक २०८३, सोमबार

आज पनि कांग्रेसको पदाधिकारी बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने निर्णय आज पनि कांग्रेसको बैठक बस्न लागेको हो ।

यसअघि हिजो बुधबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा खाँणलाई निलम्बन गर्ने बारेमा छलफल भएको थियो ।

आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।