३० कार्तिक २०८३, सोमबार

एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पाँचौँ केन्द्रीय कमिटी बैठक आज बिहीबारबाट सुरु हुँदैछ ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । यसअघि झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएकाले बैठक काठमाडौंमा सारिएको एमालेले जनाएको छ ।

गत मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

आज बिहीबारबाट सुरु हुने बैठक वैशाख ३० गते (शनिबार) सम्म जारी रहने छ । बैठकमा निर्वाचन र दुई महिने मिसन ग्रासरुट अभियानको समीक्षा हुने एमालेले जनाएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ भने केन्द्रीय कमिटीको गत २०७९ भदौ १० र ११ गते बसेको चौथो बैठकयता सचिवालय बैठकबाट गरिएका निर्णयहरूको जानकारी र अनुमोदन हुने एमालेले जनाएको छ ।