आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

आरजु देउवा र मञ्जु खाँड पक्राउ पर्लान ? (भिडिओसहित)

दैनिक नेपाल २०८० वैशाख २७ गते १९:२५

काठमाडौं, २७ वैशाख । नेपाली राजनीतिमा भाउजूका नामबाट दुई जना नेतृ निकै चर्चित छन् ।

ती हुन्, आरजु देउवा राणा र मञ्जु खाँड । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सबैभन्दा बढी हालीमुहाली गर्दै राज्यसत्ताको दुरुपयोग गर्ने तथा बालकृष्ण खाँडको पदीय दुरुपयोग गर्ने गरेको आरोप मञ्जु खाँडमाथि छ ।

नेपाली काँग्रेसभित्र शक्तिशाली मानिएका बालकृष्ण खाँड पक्राउ परेसँगै अब यी चर्चित भाउजुूहरु पक्राउ पर्छन् कि पर्दैनन् ? सबैको चासोको विषय भएको छ । यसो त आरजुले आफ्नो नाम नक्कली शरणार्थी काण्डमा मुछिएपछि संसदमै प्रतिवाद गरिसकेकी छिन् ।

उनलाई स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले जवाफ फर्काउँदै आरजुलाई पनि कारबाही गर्नुपर्ने आशय व्यक्त गरिसकेकी छिन्।
यसो त नेपाली काँग्रेस सरकारमा रहँदा भएका अधिकांश काण्डमा आरजु देउवा र मञ्जु खाँडको नाम अगाडि आउने गरेको छ । नक्कली शरणार्थी काण्डमा संलग्नहरुले पनि यिनीहरुको नाम पोलिसकेका छन् । अब खाँड र देउवा चाहीँ पक्राउ पर्छन् कि पर्दैनन् ? समयले बताउनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित