
काठमाडौं, २७ वैशाख । नेपाली बजारमा आज बुधबार सुनको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा चार सय रूपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया