
काठमाडौं, २६ वैशाख । नेपाली बजारमा आज साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य बढेको छ ।
सोमबार ३०० रुपैयाँले बढेको छापावाल सुन आज पनि ३०० रुपैयाँले नै बढेको छ । योसँगै मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ४४५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ । चाँदी गत बिहीबारदेखि सोही मूल्यमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया