
काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३७ पैसा र बिक्री दर १६६ रुपैयाँ १३ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।















प्रतिक्रिया