२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : सांसदले संसदमै देखाए अश्लील हर्कत, प्रि–बजेटबाट सबै निराश

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । आफूलाई बोल्ने समय उपलब्ध नगराइएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमै अश्लील हर्कत प्रदर्शन गरेका छन् ।

उनले आफूले लगाएको सबै कपडा खोलेर आफ्नो माग सुनुवाई गर्न खोजेका थिए, तर संसद सदस्य भएर त्यसो गर्नु अशीष्ट भएकाले चौतर्फी आलोचना भइरहेको छ ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा लहरो तान्दा पहरो गर्जिएपछि सरकार आफैं अप्ठेरोमा पर्दै गएको छ । प्रतिपक्षी दलका नेता फसाउन खोज्दा आफ्नै दल र सत्तासाझेदार दलहरुका नेताहरू बढी फस्ने भएपछि प्रधानमन्त्रीले दबाबको हल्ला गर्न थालेका छन् ।

दोषी नउम्किने र निर्दोेष नफस्नेगरी संलग्नहरू सबैलाई कारबाही गर्न दलहरू एकमत देखिएका छन् । तर, कारबाही सुरूवात कहाँबाट गर्ने भन्ने विषयमा सरकार अलमलिन थालेको छ भने केहीलाई उन्मुक्ति दिने प्रयत्न समेत भइरहेको आरोप लाग्न थालेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–