
काठमाडौं, २४ वैशाख । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेर अहिलेसम्मको उच्च मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि यो प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने यथावत रहँदै प्रतितोला १ हजार ४४५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ । चाँदी यसअघि बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।















प्रतिक्रिया