
काठमाडौं, २३ वैशाख । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने गिरोहको एकपछि अर्को गर्दै पर्दाफाँस हुँदै गर्दा उनको पनि नाम गाँसिन पुगेको छ । यस प्रकरणमा मन्त्रालयको सचिव परिवर्तन गरी आफू अनुकुल व्यक्तिलाई ल्याएको एवं पक्राउ परेका धेरैसँग उठवस रहेको आरोप पनि उनीमाथि लगाइएको छ ।
तर शनिबार एक विज्ञप्ति जारी गर्दै नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू संलग्न नरहेको बताएका छन् । उनले आफ्नो चरित्रहत्या गर्ने काम नगर्न पनि विज्ञप्तिमार्फत नै आग्रह गरेका छन् ।













प्रतिक्रिया