१ मंसिर २०८३, मंगलबार

चितवनमा प्रेस चौतारीको भवन शिलान्यास

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ वैशाख । प्रेस चौतारी नेपाल चितवन शाखाको भवन शुक्रबार शिलान्यास गरिएको छ ।

भरतपुर महानगरपालिका–११ स्थित बसेनीमा भवन निर्माण गर्न लागिएको हो । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले भवनको शिलान्यास गरेका हुन् ।

बस्नेतले चौतारीको पहिलो भवन आफ्नो पालामा चितवनमा बन्न लागेको भन्दै आवश्यक सम्पूर्ण सहयोगका लागि केन्द्रीय समिति लाग्ने बताए ।

नेकपा एमाले चितवनका अध्यक्ष राम न्यौपानेले चौतारीको पहिलो भवन जिल्लामा बन्दै गरेको भन्दै यो सबैको साझा चौतारी बन्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यलगायतले भवन निर्माणमा सहयोग गर्ने बताए ।

स्थानीय व्यवसायी केशव कार्कीले उपलब्ध गराएको १० धुर जग्गामा तीन तलाको भवन बनाउन लागिएको हो ।