४ कार्तिक २०८३, बुधबार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नवनियुक्त नेपाली काँग्रेसका तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शीतल निवासमा आयोजित सपथ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीको शपथ गराएका हुन् ।

नेपाली काँग्रेसका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू बुधबार मन्त्री नियुक्त भएका थिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।