४ कार्तिक २०८३, बुधबार

प्रकाश सपुतले भेटे अमेरिकी सभासद

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । सांगीतिक कार्यक्रमका लागि अमेरिकामा रहेका गायक प्रकाश प्रकाश सपुतले अमेरिकाका सभासद कार्ल ज्याक्शनसंग भेटवार्ता गरेका छन् ।

सभासद ज्याक्सनले सामाजिक सञ्जालमार्फत प्रकाशसँग भेट्न पाउँदा खुशी लागेको बताएका छन् ।

‘हाल अमेरिका भ्रमणमा रहेका नेपालका चर्चित गायक, मोडल तथा अभिनेता प्रकाश सपुतलाई भेट्ने रमाइलो अवसर मिल्यो । मलाई कुराकानीका क्रममा साँच्चै आनन्द लाग्यो र संगीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउने उहाँको जोशबाट म प्रेरित भएँ,’ सभासद ज्याक्सनले लेखेका छन् ।

यस्तै, ज्याक्सनको स्टाटसलाई सेयर गर्दै प्रकाशले अमेरिकामा युवाहरुले राजनीतिलाई कसरी बुझ्छन ? के उनीहरुलाई राजनितीमा चासो छ ? भन्ने प्रश्न गरेको र थुप्रै अनुभव साटेको बताएका छन् ।

‘३८ वर्षीय सभासद कार्ल ज्याक्शनसंगको भेटमा मैले अमेरिकामा युवाहरुले राजनीतिलाई कसरी बुझ्छन के उनीहरुलाई राजनितीमा चासो छ ? भन्ने प्रश्न गरेको थिएँ । हामीले थुप्रै अनुभव साट्यौ र मैले नेपाल आउने निम्तो दिएँ । विस्तारै परिचय र सम्बन्धहरु फैलिँदै छ । भेटमा तपाईंको रुचि, समय र महत्त्वको लागि धन्यवाद । आशा छ छिट्टै नेपाल भ्रमण गर्नुहुनेछ । तपाईलाई स्वागत छ,’ प्रकाशले लेखेका छन् ।