४ कार्तिक २०८३, बुधबार

विवाहको लागि एकहप्ता बाँकी रहँदा घरमै झुण्डिएको अवस्थामा फेला परिन् सुस्मिता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ मा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

सूर्यविनायक-७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भर्‍याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो । उनको दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह तय भएको थियो ।

उनले सुसाइड नोट लखेको भेटिएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनले ‘आफैँ झुण्डिएकाले पीर नगर्नू’ भन्ने सुसाइड नोट लखेकी भेटिएको बताइएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।