४ कार्तिक २०८३, बुधबार

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार पक्राउ परेका सन्दीपलाई प्रहरीले आज बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

बुबा टोपबहादुर रायमाझीविरूद्व पनि पक्राउ पुर्जी जारी भइरहेको छ । उनी अहिले फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत पनि पक्राउ परिसकेका छन् ।