४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन पहिलै सहमति भइसकेको थियो: माधव नेपाल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने सहमति पहिलै भइसकेको बताएका छन् ।

कैलालीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनअघि नै सहमति भइसकेको बताएका हुन् ।

‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ। पहिले पनि सरकारमा ल्याउनेबारे सहमति भइसकेको थियो । मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनावअघि नै टुंगो भइसकेको थियो,’ नेपालले भने ।