४ कार्तिक २०८३, बुधबार

बाजुरामा भूकम्पको धक्का

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। बिछिया केन्द्रविन्दु भएर बिहीबार दिउँसो १:१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रबिन्दु भएर तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो।