४ कार्तिक २०८३, बुधबार

बयानमा इन्द्रजितले भने- यो मलाई फसाउने षडयन्त्र हो

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

मंगलबार पक्राउ परेका राईले बयानका क्रममा आरोप अस्वीकार गरेका हुन् । उनले आफूलाई फसाउन षड्यन्त्र भएको बताएका छन् ।

इन्द्रजितको मोबाइल परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । यही प्रकरणमा पक्राउ परेका अर्का अभियुक्त सानु भण्डारीको डायरीमा डा. इन्द्रजितले १ करोड ५० लाख लिएको विवरण भेटिएको छ ।

प्रहरीसँगको बयानमा पनि सानु भण्डारीले डा. इन्द्रजितलाई ५ करोड ५० दिएको बताएका छन् ।