४ कार्तिक २०८३, बुधबार

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक भन्छन्- अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग गर्छु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

यसैबीच प्रतिकले आफूमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । विज्ञप्ति जारी गर्दै उनले केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफू विरुद्ध तथ्यहीन प्रचार गरिरहेका आरोपसमेत लगाएका छन् ।

उनले आफूमाथि लागेको आरोपको अनुसन्धानका लागि पूर्ण सहयोग गर्ने बताएका छन् ।

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।