३ कार्तिक २०८३, मंगलबार

आज पनि १२ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छापावाल सुन बिहीबार १ हजार २ सय रुपैयाँले बढेको हो ।

योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।