
काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो ।
अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ ।
















प्रतिक्रिया