३ कार्तिक २०८३, मंगलबार

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । सरकारले राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख रूपैयाँ दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले मुख्य प्रशिक्षक मोन्टी देसाइलाई पनि रु। ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निमार्णका लागि बजेट विनियोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।