३ कार्तिक २०८३, मंगलबार

घरमा ट्रक ठोक्किँदा घाइते भएका तीनजनाको मृत्यु (अपडेट)

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । तनहुँमा घरमा ट्रक ठोक्किँदा घाइते भएका तीनजनाको मृत्यु भएको छ ।

बन्दिपुर गाउँपालिका वडा नं. ५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको घरका ठोक्किएको थियो ।

घरमा ट्रक ठोक्किदा गाडी कुरेर बसेकाहरू घाइते भएका थिए ।

मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् ।

अन्य पाँचजनाको चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।