३ कार्तिक २०८३, मंगलबार

एमालेका सचिव टोपबहादुर रायमाझीका बाबुछोरा र बादलका छोराविरूद्व पक्राउ पुर्जी जारी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा मुछिएपछि बाबुछोराविरूद्व नै पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूको खोजी सुरू गरेको छ ।

यस्तै, यही प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरूद्व पनि पक्राउ पुर्जी जारी भएको छ ।

आजै मात्रै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् भने तत्कालीन गृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई मंगलबार पक्राउ परेका थिए ।