
काठमाडौं, २० वैशाख । मंगलबार दार्चुलाको व्यास गाउँपालिकामा-१ मा गएको हिम पहिरोमा परेर बेपत्ता भएका पाँचजनामध्ये तीनजनाको शव फेला परेको छ ।
छाङरुमा रहेको सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा तीनजनाको शव फेला परेको हो ।
दुई महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन बाँकी छ ।
अन्य दुईजनाको खोजी जारी राखिएको बताइएको छ ।















प्रतिक्रिया