
काठमाडौं, २० वैशाख । सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।
बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ ।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा प्रचण्डले रविलाई सरकारमा आउन आग्रह गरेका थिए ।
तर, सभापति लामिछानेले न्यूनतम साझा कार्यक्रममा आफूहरूको एजेण्डा हटाएकोमा असन्तुष्टि जनाएका थिए ।















प्रतिक्रिया