३ कार्तिक २०८३, मंगलबार

घरमा ट्रक ठोक्कियो, सातजना घाइते

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । तनहुँमा घरमा मालवाहक ट्रक ठोक्किएको छ ।

बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रक घरमा गएर ठोक्किएको प्रहरीले जानकारी दिएको छ । ट्रकको ठक्करबाट सातजना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

ना४ख १९७३ नम्बरको ट्रकले विद्यार्थीहरू बसेको घरमा गएर ठक्कर दिएको थियो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल घाइते भएका।