३ कार्तिक २०८३, मंगलबार

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाली सुनचाँदी बजारमा आज बुधबार एकैदिन १ हजार ८ सय रुपैयाँले सुनको मूल्य बढेको छ ।

सोमबार र मंगलबार प्रतितोला दुई/दुई सय रुपैयाँले घटेको छापावाल सुन आज बुधबार एकैदिन १ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।