शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: राष्ट्रपतिले उपचार खर्च आफैँ ब्यहोर्ने, हिम पहिरोमा पाँचजना बेपत्ता

दैनिक नेपाल २०८० वैशाख २० गते ०:१८

काठमाडौं, १९ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ भोमिनको हिमपहिरोमा पाँच जना पुरिएका छन् भने सात जना भागेर ज्यान जोगाएका छन् ।

हालसम्मको जानकारी अनुसार यार्सा सङ्कलन गर्न गएका र एउटै पालभित्र बसेका १२ जना पहिरोमा परेका छन् । हिमपहिरो आउनेबित्तिकै ७ जना भाग्न सफल भएको र पाँच जना पुरिएको घटनास्थल पुगेको उद्धार टोलीले जानकारी दिएको छ ।

पुरिएकामध्ये चार महिला र एक जना पुरुष छन् । छाङरुबाट डीएसपीको सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा खटिएको ३० जनाको टोलीले घटनास्थलमा उद्धार तथा खोजी कार्य गरेको थियो ।

मंगलबार रात परेपछि उद्दार कार्य रोकिएको छ । भोलि पुन: उद्दार कार्य अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित