३ कार्तिक २०८३, मंगलबार

देश ध्वस्त हुने अवस्थामा पुग्दा पनि सत्ता बाहेक केही नदेख्ने प्रवृत्ति देखियो: केपी शर्मा ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक संकटमा पुगेर तर सरकार गम्भीर हुन नसकेको र भागबण्डामा रमाइरहेको बताएका हुन् ।

उनले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ता बाहेक केही नदेख्ने प्रवृति देखिएको धारणा राखे । व्यापारीक प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्वौ कमाएको तर देश घाटामा गएको उनको भनाइ छ ।

उनले अबको डेड बर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिए देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गरे ।

ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गरे ।