३ कार्तिक २०८३, मंगलबार

नर्स अनुमा आत्महत्या प्रकरण: प्रेमी डा. सुजन ढकाल पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । शनिबार काठमाडौंस्थित बोहराटारमा आत्महत्या गरेकी काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी डा. सुजन ढकाललाई पक्राउ गरेको छन्।

अनुमाले डा. सुजनकै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गरेपछि उनको परिवारले सुजनसहित उनको परिवारविरूद्व आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए।

आत्महत्या गर्नुअघि अनुमाले डायरीमा सुजनका परिवारले आफूलाई नस्वीकारेकोले आत्महत्या गरेको उल्लेख गरेकी छिन् । सुजन र अनुमा लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

सुजन कोशी अस्पतालमा कार्यरत छन् ।